काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको एक्स–रे प्रक्रिया पूरा भएको छ। त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शवको पोस्टमार्टम एक्स–रे रिपोर्ट आएपछि मात्रै सुरु गरिने चिकित्सकहरूले बताएका छन्। चिकित्सकका अनुसार रिपोर्ट बुधबार बिहान १० बजे आउने अपेक्षा गरिएको छ, जसपछि पोस्टमार्टम सुरु गरिनेछ। रजकको निधनपछि गोली लागेको हल्ला फैलिएपछि अस्पतालले एक्स–रे…