१ आश्विन २०८३, बिहिबार । September 18, 2026

पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम


१८ चैत्र २०८१, मंगलबार  

48
Shares

काठमाडौं । तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाइ भएको छ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन्। रजकका परिवारले घटना अनुसन्धानको माग गर्दै जाहेरी दिएपछि प्रहरीले अस्पताल प्रशासनलाई पोष्टमार्टम प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। तर, उनलाई गोली लागेको भन्ने हल्ला फैलिएपछि चिकित्सकहरूले पहिला एक्सरे गर्नुपर्ने आवश्यकता देखाएका हुन्।

त्रिवि शिक्षण अस्पतालमा पोर्टेबल एक्सरे मेसिन उपलब्ध नभएकाले अन्यत्र खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। चैत १५ गते समाचार संकलनका क्रममा जलेर मृत्यु भएका रजकको शरीरमा गोली लागेको पुष्टि नभए पनि सामाजिक सञ्जालमा गलत सूचना फैलिएको प्रहरीले जनाएको छ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ द्वारा आयोजित प्रदर्शनमा गोली चलेको आशंका गरिएको छ।

तर, प्रहरीका अनुसार कति गोली चल्यो भन्नेबारे यकिन तथ्यांक संकलनको प्रक्रिया अझै जारी छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ