४ आश्विन २०८३, आइतबार । September 21, 2026

दुबईबाट भन्सार छली ल्याइएका ल्यापटप र मोबाइलसहित ७ जना पक्राउ


१८ चैत्र २०८१, मंगलबार  

27
Shares

काठमाडौं । दुबईबाट अवैध रूपमा ल्यापटप र मोबाइल भन्सार छली नेपाल भित्र्याएको आरोपमा एक पसल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ विराटनगर–१५ का रसिद आलम रहेका छन्, जो हाल काठमाडौंको कलंकीमा बस्दै ल्यापटप पसल सञ्चालन गर्दै आएका थिए। त्यस्तै, दुबईबाट सामान ल्याउने महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मीमगर, पाँचथरकी कमला फिया तथा सामान लिन आउने मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी, हुकुमबहादुर मल्ल, र उदयपुरका सुमित केसी पक्राउ परेका छन्।

नेपालमा यात्रुहरूलाई एक थान ल्यापटप र एक थान मोबाइल ल्याउँदा भन्सार छुट हुने कानुनी व्यवस्था छ। तर, पक्राउ परेका व्यक्तिहरूले सोही नियमको दुरुपयोग गर्दै विभिन्न यात्रुहरूलाई प्रयोग गरी ठूलो परिमाणमा सामान भित्र्याउँदै आएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार दुबईका विभिन्न उडानमार्फत सोमबार नेपाल आएका तीन यात्रुलाई बत्तिसपुतली क्षेत्रमा नियन्त्रणमा लिइएको थियो।

उनीहरूले ल्याएका ल्यापटप र मोबाइल लिन आएका अन्य तीन जनालाई समेत प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो। थप अनुसन्धानका क्रममा न्युरोडको संकटा मन्दिर नजिक रहेको ‘एलिटेड सप्लायर्स प्रालि’ नामक ल्यापटप पसलका सञ्चालक रसिद आलम मुख्य योजनाकार रहेको खुलेको छ।

आलमको पसल तथा स्टोरमा छापा मार्दा बिल बिजक नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइल बरामद गरिएको थियो।

नियन्त्रणमा लिइएका ७ जना अभियुक्तलाई बरामद गरिएका सामानसहित थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली