१ श्रावण २०८२, बुधबार । July 16, 2025

पत्रकार सुरेश रजकको एक्स–रे भयो, पोस्टमार्टम भोली



काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको एक्स–रे प्रक्रिया पूरा भएको छ।

त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शवको पोस्टमार्टम एक्स–रे रिपोर्ट आएपछि मात्रै सुरु गरिने चिकित्सकहरूले बताएका छन्। चिकित्सकका अनुसार रिपोर्ट बुधबार बिहान १० बजे आउने अपेक्षा गरिएको छ, जसपछि पोस्टमार्टम सुरु गरिनेछ। रजकको निधनपछि गोली लागेको हल्ला फैलिएपछि अस्पतालले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने निर्णय गरेको थियो।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमहरूले रजकलाई गोली लागेको दाबी गरेपछि प्रहरीले विज्ञप्ति जारी गर्दै यस्ता खबर भ्रामक भएको र कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यसैबीच, पोस्टमार्टमका लागि पठाइएका अर्का व्यक्ति सविन महर्जनको पोस्टमार्टम पूरा भएको छ। प्रहरी स्रोतका अनुसार उनको शरीरमा गोली लागेको पुष्टि भएको छ।

गोली दायाँ हातको कुहिनो नजिक छिरेर कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश