१ पुस २०८२, मंगलबार । December 16, 2025

धार्मिक उल्लासबीच हिंसात्मक मोड, वीरगञ्जमा कर्फ्यु लागू

वीरगञ्ज, पर्सा । शनिबार वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि शहर तनावग्रस्त बनेको छ। अपरान्ह नगर परिक्रमा गर्दै छपकैया क्षेत्रमा पुगेको शोभायात्राको क्रममा दुई फरक धर्म मान्ने समूहमाझ वादविवाद चर्किँदै झडपमा परिणत भएको हो। झडप नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले लाठीचार्ज, अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।…