२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सांसद गौतमद्वारा असुरक्षित रूपमा फलाम बोक्ने गाडीप्रति ध्यानाकर्षण


२ बैशाख २०८२, मंगलबार  

21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले सडकमा अत्यन्त असुरक्षित तरिकाले फलामका सामग्री बोक्ने गाडीहरूबारे सामाजिक सञ्जालमा गम्भीर ध्यानाकर्षण गराएकी छन्।

उनले बताइन्, “फेद र टुप्पोमा डोरीले मात्र बाँधेर फलामका सामग्री बोकेका गाडीहरू दिनहुँजसो सडकमा गुडिरहेका छन्। जुनसुकै बेला डोरी फुस्कन सक्ने खतरा छ, जसबाट फलाम खस्न सक्छ र त्यो खसेर गुडिरहेका अन्य सवारीमाथि बज्रिन सक्छ। फलामले सवारी छेड्न सक्ने सम्भावना अत्यन्तै उच्च छ।”

सांसद गौतमका अनुसार यस्ता असुरक्षित लोडिङका कारण सवारी चालक, यात्रु तथा अन्य सर्वसाधारण दुर्घटनाको ठूलो जोखिममा छन्। उनले यस्तो खतरनाक अभ्यास तत्काल रोक्न माग गर्दै भनिन्, “यस्ता असुरक्षित लोड गर्ने कार्यलाई तुरुन्त प्रतिबन्ध लगाइयोस।”

उनले थप भनिन् कि मापदण्ड नहुँदा व्यवसायीहरू बाध्यतावश परम्परागत तरिकाबाट नै लोड तथा ढुवानी गर्न विवश छन्। “सडकमा सुरक्षित यात्रा गर्न पाउने हरेक नागरिकको हक हो,” सांसद गौतमले जोड दिँदै भनिन्, “त्यसैले, यस्तो अवस्थालाई सम्बोधन गर्न सरकारले तुरुन्त ढुवानी मापदण्ड बनाउनु पर्छ र जनचेतना फैलाउनु पर्छ।”

उनले सम्बन्धित मन्त्रालय र निकायलाई यथाशीघ्र कारबाही र नीतिगत पहल लिन आह्वान गरेकी छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ