४ आश्विन २०८३, आइतबार । September 20, 2026

भारत–चीनसँग सन्तुलित सम्बन्ध बनाएँ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत उठाएँ: प्रचण्ड


२ बैशाख २०८२, मंगलबार  

12
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहँदा नेपालले भारत र चीनसँग सन्तुलित र सकारात्मक सम्बन्ध विस्तार गरेको दाबी गरेका छन्।

हुलाकी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ अन्तर्गत नवलपुरको कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यो दाबी गरेका हुन्।

“मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो। थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णयहरू गरियो,” उनले भने।

प्रचण्डले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले गर्व गर्न लायक उपस्थिति जनाएको दाबी गरे। “संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको आवाज बुलन्द गरियो,” उनले स्मरण गरे।

उनका अनुसार त्यतिबेला नेपाल ४७ विकासशील राष्ट्रहरूको समूहको अध्यक्ष रहेको र आफूले अध्यक्षको भूमिकामा विश्व मञ्चमा गरिब मुलुकहरूको मुद्दा प्रभावकारी रूपमा उठाएको थियो। “नेपाली जनताको सम्मान र राष्ट्रिय प्रतिष्ठा उच्च बनाउने काम भयो,” उनले जोड दिए।

तर, उनले राम्रो काम भइरहेका बेला सरकार गिराउन बिचौलिया र भ्रष्ट समूह सक्रिय भएको आरोप पनि लगाए। “भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्याय र आर्थिक विकासका कार्यक्रमहरू चलाइरहँदा दलाल र बिचौलियाले मलाई बाहिर जान बाध्य बनाए,” प्रचण्डको गुनासो थियो।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली