काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना किन उपेक्षित गरिए भन्नेप्रति गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले विगतमा सुरु गरिएका सकारात्मक र दीर्घकालीन महत्वका परियोजनाहरुलाई हटाउन खोज्नु आपत्तिजनक भएको धारणा राखे। “देशको समृद्धि र विकासको जग खनेका योजनाहरूलाई बेवास्ता…