३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

सांसद वाग्लेको कटाक्षः ‘७ बुँदे सहमति मजाक बनेको छ, कमेडी कार्यक्रम झैँ’


२३ बैशाख २०८२, मंगलबार  

15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको ७ बुँदे सहमतिको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै वाग्लेले गत वर्ष असार १७ गते गरिएको सहमति मजाकमा परिणत भएको टिप्पणी गरे। ‘७ बुँदेमा हामी भ्रष्टाचार गर्दैनौं, सुशासन कायम गर्छौं भन्ने उल्लेख थियो, तर अहिले त्यो मजाक बनेको छ,’ वाग्लेले भने, ‘आजभोलि कुनै टेलिभिजन कमेडी कार्यक्रम नचले पनि कुनै मन्त्रीलाई त्यहाँ उभ्याएर ७ बुँदे पढ्न लगाउँदा पुग्छ, हाँस्न पर्याप्त हुन्छ।’

उनले झन्डै दुई तिहाइ बहुमतसहितको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्पष्ट पारे। सरकारको लय, सामर्थ्य, चरित्र र ऐतिहासिक जिम्मेवारी हेर्दा सत्तारूढ दलभित्रै निराशा छ, वाग्लेले भने। सांसद वाग्लेले सात बुँदे सहमतिमा उल्लेख भएअनुसार संविधान संशोधनको कुनै प्रस्ताव नआएकोप्रति पनि चिन्ता व्यक्त गरे।

कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्रीसहित विभिन्न विषयमा सहमति भए पनि व्यवहारमा लागू नगरेको भन्दै उनले सरकारलाई कटाक्ष गरेका हुन्।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि