काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकाएक आकाशिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले वृद्धि भई नयाँ दर कायम भएको हो। नयाँ मूल्य अनुसार, मंगलबार छापावाल सुनको दर १ लाख ८९ हजार ९०० रुपैयाँ प्रति तोला पुगेको छ। सोमबार यो दर १ लाख ८४ हजार ६०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार १ हजार ९१० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ५५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ प्रति तोला पुगेको महासंघले जनाएको छ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतार–चढाव, कच्चा पदार्थको मूल्य र माग–आपूर्तिको सन्तुलनले नेपाली बजारमा सुनचाँदीको मूल्यमा प्रभाव पारेको हो।
प्रतिक्रिया