४ आश्विन २०८३, आइतबार । September 20, 2026

रसियामा युक्रेनको लगातार ड्रोन आक्रमण, मस्कोका सबै विमानस्थल अस्थायी रूपमा बन्द


२३ बैशाख २०८२, मंगलबार  

36
Shares

एजेन्सी । युक्रेनले लगातार दोस्रो दिन पनि ड्रोनमार्फत रसियाका विमानस्थलहरूलाई लक्षित गरेपछि, रसियाले मस्कोका चार प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ।

रसियाको उड्डयन नियामक संस्था ुरोसाभियात्सियाुले सुरक्षा सुनिश्चित नभएसम्मका लागि यो निर्णय लिएको जानकारी दिएको हो। मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, कम्तीमा १९ युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट मस्कोमा प्रवेश गर्नु अघि नै खसालिएको बताए।

ती ड्रोनहरूको भग्नावशेष मस्कोका मुख्य सडकहरूमाथि झरे पनि हालसम्म कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। दोस्रो तर्फ, युक्रेनी अधिकारीहरूले भने रसियाको विमानस्थलमा गरिएको आक्रमणबारे कुनै औपचारिक टिप्पणी गरेका छैनन्। तर, युक्रेनले भने रातभर रसियाले आफ्ना विभिन्न शहरहरूमा आक्रमण गरेको दाबी गर्दै आएको छ।

युक्रेनले निसाना बनाइएका शहरहरूको नाम भने खुलाएको छैन।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली