काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन पूर्वाधार, सुरक्षा व्यवस्था र हवाई सेवा सुधारमा जोड दिँदै यो बजेट छुट्याइएको जानकारी दिए। उनका अनुसार हिमाल आरोही र पदयात्रीहरूका लागि भरपर्दो…