२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आर्थिक वर्ष २०८२/८३ को बजेट : पाँच प्रमुख उद्देश्यहरू


१५ जेष्ठ २०८२, बिहिबार  

18
Shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट पाँच प्रमुख उद्देश्यलाई केन्द्रमा राखेर प्रस्तुत गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै समावेशी विकास र समृद्धिका लागि स्पष्ट दिशानिर्देशसहितको बजेट अघि सारेका हुन्।

बजेटका पाँच मूल उद्देश्य यस्ता छन्:

१. आर्थिक वृद्धि र गरिबी न्यूनीकरण
दिगो र समावेशी आर्थिक वृद्धिमार्फत मुलुकको गरिबी अन्त्य गर्ने लक्ष्य लिएको छ। उत्पादन र वितरण प्रणालीलाई सबल बनाइनेछ।

२. रोजगारीका अवसर विस्तार
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै उद्यमशीलताको प्रवर्द्धन गरिनेछ। यसको माध्यमबाट रोजगारी सिर्जना गर्ने नीति लिइएको छ।

३. प्रविधिमैत्री अर्थतन्त्र
नवीनतम प्रविधिको प्रयोगमार्फत उद्योग, सेवा र कृषि क्षेत्रलाई आधुनिक बनाइनेछ, जसले समग्र आर्थिक क्षमतामा वृद्धि गर्नेछ।

४. सामाजिक न्याय र सुरक्षाको मजबुतीकरण
सामाजिक संरक्षण कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै सबै वर्ग र समुदायको समावेशी सहभागिता सुनिश्चित गरिनेछ।

५. सेवा प्रवाह र सुशासनमा सुधार
जनताको पहुँचमा गुणस्तरीय सार्वजनिक सेवा पुर्‍याउने र प्रशासनिक प्रणालीमा पारदर्शिता तथा जवाफदेहिता कायम राख्ने उद्देश्य छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ