२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

बजेटः रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन



काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले सरकारले रासायनिक मल आपूर्तिमा विशेष जोड दिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका छन्। उनका अनुसार, आगामी वर्षमा रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्‍याउने लक्ष्य लिइएको छ। साथै, रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डमार्फत आवश्यक तयारी अगाडि बढाइने योजना समेत रहेको छ।

यससँगै सरकारले प्राङ्गारिक कृषि प्रवर्द्धनलाई पनि बेवास्ता गरेको छैन। त्यसका लागि छुट्टै ४० करोड रुपैयाँ बजेट छुट्याइएको छ। बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले पुष्पलाल मध्य पहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग आसपासको क्षेत्रलाई उत्पादन केन्द्रित क्षेत्रमा विकास गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई