४ असार २०८३, बिहिबार । June 18, 2026

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने, ७३ करोड विनियोजन


१५ जेष्ठ २०८२, बिहिबार  

12
Shares

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई प्रोत्साहन दिने उद्देश्यले आगामी आर्थिक वर्ष २०८२/८३ मा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप उद्यमशिलता विकासका लागि विशेष कार्यक्रम घोषणा गरे। ‘काम खोज्ने होइन, काम दिने युवा तयार गर्न नवप्रवर्द्धनमा आधारित स्टार्टअप कार्यक्रम विस्तार गरिनेछ,’ मन्त्री पौडेलले भने, ‘स्टार्टअप उद्यमीलाई सीप विकासदेखि बजार पहुँच र मूल्य शृंखलामा जोड्नका लागि ३ प्रतिशत मात्र ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ।’

युवालाई उद्यमशील र आत्मनिर्भर बनाउन सरकार विश्वविद्यालय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै विभिन्न स्थानमा इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको छ। यो योजनाले विशेष गरी जेनजी पुस्तालाई लक्षित गर्ने अपेक्षा गरिएको छ। साथै, लघु, घरेलु तथा साना र मझौला उद्योगहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ब्राण्डिङ अभियान सञ्चालन गरिनेछ।

प्रविधिमा आधारित औद्योगिक विकासलाई अघि बढाउन ‘इन्डस्ट्रि फोर’ (Industry 4.0) कार्यक्रमको अवधारणासमेत लागू गरिने बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा