७ असार २०८२, शनिबार । June 21, 2025

प्रदेश र पालिकालाई ५ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी वित्तीय हस्तान्तरणको योजना



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहमा विभिन्न शीर्षकमा गरी ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेको छ।

संघीयता सुदृढ गर्नुपर्ने आवश्यकता महसुस गर्दै सरकारले राजस्व बाँडफाँट र अनुदानमार्फत ठूलो रकम वितरण गर्न लागेको हो। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै विभिन्न अनुदान र राजस्व बाँडफाँटका माध्यमबाट प्रदेश र पालिकाहरूलाई ठोस सहयोग गरिने जानकारी दिए।

मुख्य हस्तान्तरण विवरणः

  • वित्तीय समानीकरण अनुदान
    • प्रदेश: ६० अर्ब ६६ करोड
    • पालिका: ८८ अर्ब ९७ करोड
  • सशर्त अनुदान
    • प्रदेश: ३० अर्ब ३५ करोड
    • पालिका: २ खर्ब ११ अर्ब ४६ करोड
  • पूर्वाधार कार्यान्वयन (समपूरक अनुदान)
    • प्रदेश: ३ अर्ब २८ करोड
    • पालिका: १० अर्ब ६ करोड
  • विशेष अनुदान
    • प्रदेश: ३ अर्ब २७ करोड
    • पालिका: ९ अर्ब ७८ करोड
  • राजस्व बाँडफाँट
    • प्रदेश: १ खर्ब ६५ करोड

अर्थमन्त्री पौडेलले सबै अनुदान कार्य सम्पादनको मूल्यांकनका आधारमा हस्तान्तरण गरिने स्पष्ट पारेका छन्। यसले प्रदेश र पालिकाहरूलाई उत्तरदायी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली