काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँको बजेट छुट्याएको छ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यस क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरे। उनका अनुसार, कृषिमा आत्मनिर्भरता हासिल गर्न नयाँ योजनाहरू लागू गरिनेछ। ती योजनामा किसानलाई लक्षित एप निर्माण, दूध र मासु उत्पादनमा आत्मनिर्भरता प्राप्त गर्ने कार्यक्रम, र कृषि उत्पादनलाई क्षेत्रीय विशेषताअनुसार प्रवर्द्धन गर्ने रणनीति समावेश छन्।
सरकारको यो पहलले कृषकको जीवनस्तर उकास्नुका साथै आयातमा निर्भरता घटाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया