काठमाडौं । हाल नेपालभर मनसुनी वायुको सक्रियता देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य अवस्थाको आसपास तथा पश्चिमतर्फ केही उत्तरतिर अवस्थित रहेको छ, जसका कारण देशभर मनसुनी प्रभाव देखा परेको हो। बिहीबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम…