३० बैशाख २०८३, बुधबार । May 13, 2026

बाढी र पहिरोको जोखिम : ३३ जिल्लामा ‘एल्लो अलर्ट’ जारी


२८ असार २०८२, शनिबार  

48
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रहरूमा शनिबार पनि बाढी र पहिरोको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले शुक्रबार साँझ सार्वजनिक गरेको सूचनामा प्रमुख नदी प्रणालीहरूमा बहाब हाललाई सतर्कता तहभन्दा तल भए पनि केही जिल्लामा आकस्मिक बाढीको जोखिम मध्यम रहेको उल्लेख गरिएको छ।

दुई चरणमा विभाजन गरिएको जोखिम सूचनाअनुसार:

१. उच्च जोखिमयुक्त जिल्ला (ससाना नदीहरूको बहाव तीव्र बढ्नसक्ने सम्भावना):
बारा, पर्सा, रौतहट, काठमाण्डु, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व र पश्चिम तथा आसपासका जिल्लाहरूमा बहने ससाना नदीहरूमा आकस्मिक बाढीको खतरा बढी रहेको छ। यहाँ आकस्मिक बाढीको ‘मध्यम जोखिम’ रहने आँकलन गरिएको छ।

२. मध्यम जोखिमयुक्त जिल्ला (ससाना नदीमा बहाब उल्लेख्य बढ्नसक्ने सम्भावना):
संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, बैतडी, डोटी, बझाङ लगायतका जिल्लामा पनि ससाना नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

यसरी बाढी महाशाखाले कुल ३३ जिल्लालाई ‘एल्लो अलर्ट’ (पहेँलो सतर्कता तह) मा राखेको छ। सतर्कता तहअन्तर्गत ती क्षेत्रका बासिन्दालाई खोला, नदी, डुबान सम्भावित भूभाग तथा पहिरो संवेदनशील स्थानहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मुख्य नदीहरूको स्थिति:
कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाब हाललाई सतर्कता तहभन्दा तल रहेको जानकारी पनि विभागले दिएको छ।

महाशाखाको सुझाव:
नदी तथा खोलानाला आसपासका बासिन्दा, स्थानीय प्रशासन, उद्धार टोली, सञ्चारमाध्यम तथा सरोकारवाला निकायहरूलाई पूर्वतयारीका साथ सर्तक रहन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली