२४ आश्विन २०८३, शनिबार । October 11, 2026

बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते


२८ असार २०८२, शनिबार  

15
Shares

बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।

दशरथचन्द राजमार्ग अन्तर्गत सुपप्र–०१–००१ ज १३७२ नम्बरको जिप बिहान करिब ६ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप करिब ७० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउका २४ वर्षीय सन्तोषबहादुर राना (जिप चालक) र ३२ वर्षीय किरण चौधरीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर जोराले जानकारी दिए।

अन्य घाइतेहरूमा डिलासैनी गाउँपालिका–१ निवासी ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। तीमध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रिफर गरिएको छ।

दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि