१ आश्विन २०८३, बिहिबार । September 18, 2026

गुरु र ज्ञानको सम्मानमा आज गुरु पूर्णिमा तथा व्यास जयन्ती मनाइँदै


२६ असार २०८२, बिहिबार  

15
Shares

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमाको पावन अवसरमा नेपालभर गुरु पूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदैछ।

यस विशेष दिनमा ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता प्रकट गर्दै विभिन्न शैक्षिक संस्था, गुरुकुल र संघ-संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेका छन्। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश लिइन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकार हटाउने व्यक्तिलाई ‘गुरु’ भनिने धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार गुरु ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिन्छन्। शास्त्रमा भनिएको छ:

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरु साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।।

यसकारण गुरुलाई पनि देवतासरह सम्मान गरिन्छ—‘आचार्यदेवो भव’ भनिएझैं। यस दिन शिक्षालयहरूमा विशेष पूजाआजा, श्रद्धाञ्जली कार्यक्रम, सांस्कृतिक प्रस्तुति र गुरु सम्मान कार्यक्रमको आयोजना हुँदै आएको छ।

वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि आजै
गुरु पूर्णिमाकै दिन वेदव्यासको जन्म भएको विश्वास गरिन्छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी तिनको मर्म बुझाउने उद्देश्यले १८ पुराण र १८ उपपुराणको रचना गर्ने महापुरुषका रूपमा व्यासको सम्मान गरिन्छ। त्यसैले आज व्यास जयन्ती पनि मनाइन्छ।

व्यासले पुराणमार्फत मानवता र परोपकारको सन्देश दिएका छन्। उनका वाणीमा भनिएको छ:

अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम्।
परोपकारः पुण्याय, पापाय परपीडनम्।।

अर्थात्, अरूको उपकार गर्नु पुण्य हो भने अरूलाई दुःख दिनु पाप हो। महाभारतजस्तो अमूल्य ग्रन्थको रचनाकार व्यासलाई ‘पाँचौँ वेद’का श्रष्टा पनि मानिन्छ।

आजको दिन गुरु र ज्ञानप्रति श्रद्धा, शील र समर्पण प्रकट गर्ने अवसर मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा लिने क्षण पनि हो।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ