१ आश्विन २०८३, बिहिबार । September 18, 2026

पूर्वराजदूत पदम सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी पुरस्कार’, राष्ट्रपतिको हातबाट सम्मान


२५ असार २०८२, बुधबार  

63
Shares

काठमाडौं । दलित आन्दोलनका अग्रज तथा पूर्व राजदूत श्री पदम सुन्दासज्यू यस वर्षको प्रतिष्ठित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट सम्मानित भएका छन् ।

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित रु १ लाख १० हजार राशिको यो पुरस्कार २०८२ असार २३ गते सोमबार शितल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सुन्दासज्यूलाई हस्तान्तरण गरे ।

सामाजिक न्याय, समानता र समावेशिताको क्षेत्रमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदर गर्दै मानव अधिकार तथा शान्ति समाजले पूर्व राजदूत सुन्दासलाई यो पुरस्कार प्रदान गरेको हो। सुन्दास समता फाउन्डेसनका संस्थापक अध्यक्ष तथा बहराइनका लागि नेपालका पूर्व राजदूतसमेत हुन् ।

सम्माननीय राष्ट्रपति पौडेलज्यूले सामाजिक न्यायको लामो र कठिन यात्रामा पदम सुन्दासज्यूले देखाएको अथक प्रतिबद्धता र नेतृत्वको प्रशंसा गर्नुभयो। यो पुरस्कारले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत जीवनको बलिदान र समर्पणलाई पनि उच्च सम्मान गरेको सन्देश दिएको छ।

वि.सं. २००२ साल असार ३२ गते भोजपुरमा जन्मनुभएका पदम सुन्दास विगत छ दशक भन्दा बढी समयदेखि सामाजिक न्यायका क्षेत्रमा निरन्तर क्रियाशील छन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा हासिल गर्नुभएका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्रको राष्ट्रिय सल्लाहकार समिति सदस्यका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विशेषगरी २०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि गरिएको तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा उहाँले नागरिक समाजको संयोजकको रूपमा नेतृत्वदायी भूमिका खेलेका थिए । मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि निरन्तर संघर्षरत व्यक्तित्वहरूलाई सम्मान गर्ने आफ्नो परम्परा कायम राख्दै यस वर्ष पदम सुन्दासलाई छनोट गरेको हो।

यो सम्मानले दलित आन्दोलनमा सुन्दासज्यूको अटुट लगनशीलता र उहाँको योगदानलाई थप उजागर गरेको छ, र भावी पुस्ताका लागि प्रेरणाको स्रोत समेत बनेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ