१७ श्रावण २०८३, आइतबार । August 2, 2026

आजको मौसमः कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा


२६ असार २०८२, बिहिबार  

60
Shares

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको सक्रियता देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य अवस्थाको आसपास तथा पश्चिमतर्फ केही उत्तरतिर अवस्थित रहेको छ, जसका कारण देशभर मनसुनी प्रभाव देखा परेको हो। बिहीबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यीमध्ये कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि छ।

बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सातै प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ। बाँकी क्षेत्रहरूमा पनि यस्तै प्रकारको मौसमको सम्भावना छ भने उच्च पहाडी र हिमाली भागमा हिमपातको जोखिम यथावत् रहेको जनाइएको छ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन भनिएको छ। साथै, साना तथा ठूला नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय बस्तीहरू, सडक यातायात, कृषि, स्वास्थ्य, पर्यटन र हवाई उडानसमेत प्रभावित हुनसक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर