काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण अस्थायी रूपमा रोकिएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार खोलामा अत्यधिक धमिलो पानी देखिएपछि सुरक्षाका दृष्टिले सुरुङमार्गबाट पानी आपूर्ति तत्कालका लागि बन्द गरिएको हो। मेलम्चीबाट पानी नआएपछि राजधानीमा पानीको आपूर्तिमा समस्या उत्पन्न भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार मेलम्चीमार्फत…