काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह र विदेशी मुद्रा सञ्चिति दुबै क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ। यो प्रवृत्तिले मुलुकको समष्टिगत आर्थिक स्थिति बलियो भइरहेको संकेत गर्दछ। राष्ट्र बैंकका अनुसार, चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको…