४ असार २०८३, बिहिबार । June 18, 2026

आजको मौसमः कहाँ-कहाँ छ बर्षा र हिमपातको सम्भावना ?


११ जेष्ठ २०८२, आइतबार  

81
Shares

काठमाडौं । हाल देशभरि मौसममा विभिन्न प्रणालीको प्रभाव देखिएको छ।

पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावाले हालको मौसमी गतिविधिमा योगदान दिइरहेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था छ। अन्य अधिकांश भागमा मौसम प्रायः सफा देखिएको छ भने कतै–कतै आंशिक बदली पनि देखिएको छ।

कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा हाल चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि कोशी, मधेश, बागमती प्रदेश तथा देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी र मधेश प्रदेशसँगै देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ।

यी क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्हarूले जनाएका छन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा