१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

युक्रेनमा भीषण रुसी आक्रमण : १३ को ज्यान, दर्जनौं घाइते


११ जेष्ठ २०८२, आइतबार  

15
Shares

एजेन्सी । युक्रेनका विभिन्न क्षेत्रमा रुसले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ भने ५६ जना घाइते भएका छन्।

बीबीसीका अनुसार रुसी सेनाले राजधानी कीएभसहित अन्य शहरहरूमा २५० वटा ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनाले जानकारी दिएको छ। ती आक्रमणका कारण धेरै आवासीय भवनमा आगलागी समेत भएको छ। घटनापछि प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्ता आक्रमणहरूले नै युद्ध लम्बिनुको मुख्य कारण रुस हो भन्ने कुरामा विश्व समुदायको विश्वास झनै बलियो बन्दै गएको बताउनुभएको छ।

हालसालै रुसी आक्रमणको तीव्रता बढ्दै गएको छ भने सर्वसाधारणहरू बढी प्रभावित भइरहेका छन्। युद्धको समाधानको खोजी भइरहँदा यस्ता हिंसात्मक गतिविधिहरूले मानवीय संकट झन् गहिरो बनाउँदै लगेको देखिन्छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था