एजेन्सी । युक्रेनका विभिन्न क्षेत्रमा रुसले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ भने ५६ जना घाइते भएका छन्।
बीबीसीका अनुसार रुसी सेनाले राजधानी कीएभसहित अन्य शहरहरूमा २५० वटा ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनाले जानकारी दिएको छ। ती आक्रमणका कारण धेरै आवासीय भवनमा आगलागी समेत भएको छ। घटनापछि प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्ता आक्रमणहरूले नै युद्ध लम्बिनुको मुख्य कारण रुस हो भन्ने कुरामा विश्व समुदायको विश्वास झनै बलियो बन्दै गएको बताउनुभएको छ।
हालसालै रुसी आक्रमणको तीव्रता बढ्दै गएको छ भने सर्वसाधारणहरू बढी प्रभावित भइरहेका छन्। युद्धको समाधानको खोजी भइरहँदा यस्ता हिंसात्मक गतिविधिहरूले मानवीय संकट झन् गहिरो बनाउँदै लगेको देखिन्छ।
प्रतिक्रिया