काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
मंगलबार तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पाँच हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४० रुपैयाँमा रहेको चाँदी बुधबार ५० रुपैयाँले महँगिँदै १ हजार ९९० रुपैयाँमा कारोबार भएको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र माग आपूर्तिमा आएको असन्तुलनका कारण मूल्यमा यस्तो वृद्धि देखिएको हो।
सुनचाँदीमा लगानी गर्न चाहने उपभोक्ताहरूले मूल्यको यो उतारचढावलाई ध्यानमा राख्नुपर्ने विज्ञहरूको सुझाव छ।
प्रतिक्रिया