१ आश्विन २०८३, बिहिबार । September 17, 2026

दिल्लीको धमाकेदार जित ! पञ्जाबलाई ६ विकेटले हरायो


११ जेष्ठ २०८२, आइतबार  

99
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै सिजनको अन्तिम खेलमा सानदार जित हासिल गरेको छ।

पञ्जाबले पहिलो ब्याटिङ गर्दै श्रेयस अय्यरको ३४ बलमा ५३ रनको अर्धशतकीय पारी र मार्कस स्टोइनिसको धमाकेदार योगदानमार्फत २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। स्टोइनिसले चार छक्का र तीन चौकाको सहयोगमा विस्फोटक पारी खेलेका थिए।

तर जवाफमा दिल्लीले लक्षित रन १९.३ ओभरमै चार विकेट गुमाउँदै पुरा गर्‍यो। दिल्लीका लागि केएल राहुल र फाफ डु प्लेसिसले सानदार सुरुवात दिलाए। दुवैबीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भयो। राहुलले २१ बलमा ३५ रन (६ चौका, १ छक्का) बनाए भने डु प्लेसिस २३ रनमा आउट भए।

त्यसपछि सेदिकुल्लाह अटल (२२ रन), करुण नायर (४४ रन) र समीर रिजवीको संयमित ब्याटिङले दिल्लीलाई बलियो स्थितिमा पुर्‍यायो। रिजवीले अन्त्यमा ५८ रनको अविजित इनिङ खेलेका थिए भने ट्रिस्टन स्टब्स १८ रनमा अविजित रहे। यी दुईले ५३ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्‍याए।

पञ्जाबका बलरहरूमध्ये हरप्रीत ब्रारले दुई विकेट लिए भने मार्को जानसेन र प्रवीण दुबेले एक–एक विकेट हात पारे। यस जितसँगै दिल्लीले आफ्नो सिजनको अभियान पाँचौं स्थानमा समाप्त गरेको छ। उता, पराजयसँगै पञ्जाबको शीर्ष दुईमा पुग्ने आशामा धक्का लागेको छ। हाल पञ्जाब १३ खेलमा आठ जितसहित १७ अंकमा दोस्रो स्थानमा छ। अब उसले मे २६ मा मुम्बई इन्डियन्ससँग भिड्नेछ।

हालको अंक तालिकामा गुजरात टाइटन्स १८ अंकसहित शीर्ष स्थानमा छन् भने आरसीबी १७ र मुम्बई १६ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ