काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको जीवनसङ्घर्ष, घरबेटी-डेरावालाबीचको सम्बन्ध र सर्वसाधारणको दैनिक जीवनशैलीमा आधारित यो चलचित्रले नेपाली समाजको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ। प्रख्यात साहित्यकार बुद्धिसागरद्वारा लेखिएको कथामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन…