४ पुस २०८२, शुक्रबार । December 20, 2025

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले आज साँझ घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनल पुगिसकेका दुवै टिमबीच अब समूह ‘बी’ को शीर्ष स्थान सुनिश्चित गर्ने लक्ष्यसहित भिडन्त हुन लागेको हो। खेल युपियास्थित गोल्डेन जुबिली रङ्गशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ। नेपाल र भारत यस प्रतियोगिताको इतिहासमा तेस्रो पटक आमनेसामने हुन लागेका…