१ मंसिर २०८२, आइतबार । November 17, 2025

कुलेखानी-कलङ्की-हुमाने सडक आजदेखि १९ दिन बन्द



काठमाडौं । हेटौँडा आवतजावतमा प्रयोग हुने कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड आज शुक्रबार (जेठ २ गते) देखि मर्मतसम्भारका लागि १९ दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ। नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले स्थानीय प्रशासनसँगको समन्वयमा सडक मर्मतको निर्णय भएको जानकारी दिए। उहाँले सर्वसाधारणलाई अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले सूचना सार्वजनिक गरिएको बताए।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्ड कालोपत्रे गर्ने काम जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) चल्ने जनाइएको छ। यस अवधिमा सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ। प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुहरूले कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

स्थानीय तह र प्रशासनबीचको सहकार्यमा सडक पूर्णरूपमा बन्द गरेर निर्माण कार्य सम्पन्न गरिने जानकारी दिइएको छ। यात्रुहरूले असुविधा भोग्न नपरोस् भनेर पूर्व जानकारीका लागि सूचना सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई