४ असार २०८३, बिहिबार । June 18, 2026

रुस-युक्रेन युद्धः ट्रम्प-पुटिन भेट बिना प्रगति नहुने कूटनीतिज्ञको दाबी


२ जेष्ठ २०८२, शुक्रबार  

18
Shares

एजेन्सी । टर्कीको इस्तानबुलमा तय गरिएको युक्रेन-रुस शान्ति वार्तालाई लिएर अमेरिकी शीर्ष कूटनीतिज्ञ मार्को रुबियोले सफलताको सम्भावना न्यून रहेको बताएका छन्।

नाटोका विदेशमन्त्रीहरूको दक्षिण टर्कीमा सम्पन्न बैठकपछि रुबियोले स्पष्ट रूपमा भने, “जबसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुँदैन, तबसम्म कुनै ठोस प्रगति सम्भव छैन।”

प्रतिनिधिमण्डल तयार, तर अझै समय तय भएको छैन

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले वार्ताका लागि रक्षा मन्त्री रुस्टेम उमेरोभको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने घोषणा गरेका छन्। यो टोलीमा गुप्तचर प्रमुख, सैन्य जनरल स्टाफ र विदेश मन्त्रालयका उच्च अधिकारीहरू सहभागी हुनेछन्।

त्यसैगरी, क्रेमलिनले रुसी प्रतिनिधिमण्डलको नेतृत्व पूर्व वार्ताकार मेडिन्स्कीले गर्ने जनाएको छ। उक्त टोलीमा उप-रक्षा मन्त्री, उप-विदेश मन्त्री तथा सैन्य गुप्तचर प्रमुख सहभागी हुनेछन्। मेडिन्स्कीले २०२२ मा भएको असफल वार्ताको नेतृत्व पनि गरेका थिए।

ट्रम्पको आशंका र इस्तानबुलको अनिश्चितता

मध्यपूर्व भ्रमणमा रहेका पूर्व राष्ट्रपति ट्रम्पले पनि बीबीसीसँगको कुराकानीमा वार्तामा प्रगति हुन गाह्रो रहेको टिप्पणी गरेका छन्। “प्रतिनिधिमण्डलको स्तरबाट म निराश छु,” उनले एयर फोर्स वनमा भनेका थिए।

यद्यपि, युक्रेन, रुस, अमेरिका र टर्कीका प्रतिनिधिमण्डलहरू सन् २०२२ यताकै पहिलो प्रत्यक्ष वार्ताका लागि बिहीबार इस्तानबुलमा भेट हुने तय भए पनि साँझसम्म स्पष्ट समय तोकिएको छैन। केही रिपोर्टहरूमा शुक्रबार वार्ता सुरु हुने संभावना व्यक्त गरिएको छ।

पुटिनको युद्धविराम प्रस्तावपछि वार्ताको तयारी

रुसी राष्ट्रपति पुटिनले युरोपेली नेताहरू र युक्रेनलाई ३० दिनका लागि बिना शर्त युद्धविराम गर्न प्रस्ताव गरेपछि इस्तानबुल वार्ताको वातावरण बनेको हो। यसै प्रस्तावसँगै मे १५ मा प्रत्यक्ष वार्ताका लागि पहल गरिएको जनाइएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा