१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

अस्पतालमै बमको बर्षाः गाजामा एकै रात १ सय १४ मारिए


२ जेष्ठ २०८२, शुक्रबार  

9
Shares

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गएरातिदेखि तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा हालसम्म कम्तीमा ११४ जनाको ज्यान गएको छ।

हमला अस्पताल, शरणार्थी शिविरलगायत स्थानहरूमा केन्द्रित भएको बताइएको छ। खान युनिसस्थित युरोपेली–गाजा अस्पतालमा मात्रै २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। अस्पतालमा स्वयंसेवीरूपमा कार्यरत बेलायती सर्जन डा. टम पोटोकारका अनुसार लडाकु विमानबाट एकैपटक ६ वटा बम खसालिएको थियो।

उनले अस्पताल भग्नावशेषमा परिणत भएको भिडियोसमेत सार्वजनिक गरेका छन्। इजरायलले गाजामा १० हप्तादेखि राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ। यसबीचमा सञ्चारकर्मीलाई समेत क्षेत्र प्रवेश गर्न नदिएको जनाइएको छ। औषधि, खानेपानीलगायत आधारभूत आवश्यकतामा चरम अभाव देखिएको छ।

तर, इजरायली पक्षले भने गाजामा खाद्य संकट नरहेको दाबी गर्दै आएको छ। इजरायल र हमासबीच सन् २०२३ को अक्टोबर ७ बाट सुरु भएको युद्धमा हालसम्म गाजामा झण्डै ५३ हजार मानिसले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था