२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आजको मौसमः देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना


२ जेष्ठ २०८२, शुक्रबार  

87
Shares

काठमाडौं । हाल देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको स्थिति छ भने तराई तथा बाँकी क्षेत्रहरूमा मौसम मुख्यतः सफा देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हाल हल्का वर्षा भइरहेकाले मौसममा चिसोपन बढेको छ। कतिपय स्थानहरूमा चट्याङ पनि देखिएको जनाइएको छ। दिउँसोको मौसम पूर्वानुमानअनुसार, कोशी, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

यी प्रदेशका थोरै स्थानहरूमा र अन्य पहाडी भागहरूका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने मौसमविद्हरूको अनुमान छ। रातिको समय अझ चिसो हुने देखिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी स्थानहरूमा र अन्य भू–भागका एक–दुई ठाउँहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्छ। त्यस्तै, हिमाली भूभागहरूमा फेरी पनि हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार, देशमा हाल पश्चिमी वायु प्रणाली र स्थानीय वायुले प्रभाव जमाइरहेका छन्।

साथै, बङ्गालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ, जसले वर्षालाई अझ सक्रिय बनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ