२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

चितवनको रत्ननगरमा यात्रुबाहक बस दुर्घटनाः १५ जना घाइते


३ जेष्ठ २०८२, शुक्रबार  

48
Shares

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक बस डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्।

लहानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए। दुर्घटनाको बेला बसमा कुल ३९ जना सवार थिए। घाइतेमध्ये चार जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको छ भने अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ।

सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१