२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

‘ऊनको स्वीटर’ ले बक्स अफिस ततायो, पहिलो सातामै ५ करोड ७५ लाखको व्यापार



काठमाडौं । नवीन चौहान निर्देशित नेपाली फिल्म ऊनको स्वीटर ले प्रदर्शनको पहिलो सातामै उल्लेखनीय सफलता हात पारेको छ।

वैशाख २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको यो फिल्मले सात दिनभित्र नै ५ करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै नेपाली बक्स अफिसमा गर्मी फैलाएको छ। निर्माण पक्षले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेको छ। शुक्रबारदेखि फिल्म दोस्रो सातामा प्रवेश गरिसकेको छ, र यसको व्यापारले अझ निरन्तरता लिने अपेक्षा गरिएको छ।

यसअघिको हिट फिल्म अञ्जिला (फागुन २९ गते रिलिज) पछि कुनै पनि नेपाली फिल्मले दर्शक तान्न नसकेको अवस्थामै ऊनको स्वीटर ले बक्स अफिसमा नयाँ ऊर्जा भरिदिएको छ।

देशभर दर्शकको साथ, टोली हल भ्रमणमा

आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशभरका हलहरूमा दर्शकको राम्रो उपस्थिति पाइरहेको निर्माण टिमको भनाइ छ। दोस्रो सातादेखि निर्देशक नवीन चौहानसहित फिल्मका प्रमुख कलाकारहरू हल भ्रमणमा निस्किने भएका छन्, जसबाट प्रचार-प्रसार थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सशक्त अभिनय समेटिएको फिल्म

नवीन चौहानकै लेखन रहेको यो फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई