बालकोट । सूर्यविनायक नगरपालिका–३ स्थित बालकोट बृहस्पति मार्गको एक डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी शाही आइतबार दिउँसो रहस्यमय परिस्थितिमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उनी जाजरकोटका स्थायी बासिन्दा हुन्। दिउँसो करिब १:५० बजेको समयमा तीनतले पक्की घरको पहिलो तलामा रहेको कोठाभित्रबाट चुकुल लगाई शव घोप्टो अवस्थामा फेला परेको हो। सूचना पाएलगत्तै प्रहरी…