३ आश्विन २०८३, शनिबार । September 20, 2026

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला-आत्महत्या कि हत्या ?


१२ जेष्ठ २०८२, सोमबार  

18
Shares

बालकोट । सूर्यविनायक नगरपालिका–३ स्थित बालकोट बृहस्पति मार्गको एक डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी शाही आइतबार दिउँसो रहस्यमय परिस्थितिमा मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार उनी जाजरकोटका स्थायी बासिन्दा हुन्। दिउँसो करिब १:५० बजेको समयमा तीनतले पक्की घरको पहिलो तलामा रहेको कोठाभित्रबाट चुकुल लगाई शव घोप्टो अवस्थामा फेला परेको हो। सूचना पाएलगत्तै प्रहरी वृत्त ठिमीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा शव फेला परेको कोठा भित्रैबाट लक गरिएको पाइएको र मृतकको शरीर तथा कोठाको अवस्था शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

शवको पोष्टमार्टमपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ। घटनासम्बन्धी थप विवरण संकलन कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ। रोशनी शाही केही वर्षअघि चर्चित ‘महरा प्रकरण’मा कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी व्यक्ति हुन्। सो प्रकरणपछि महरा पक्राउ परेका थिए तर पछि अदालतबाट सफाइ पाएका थिए।

यस घटनाले शाहीको मृत्युलाई अझै चासोको विषय बनाएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली