१ कार्तिक २०८३, आइतबार । October 19, 2026

पहिलो दिनमै नेप्सेमा ९.१४ अङ्कको गिरावट, कारोबार रकम ७ अर्ब नाघ्यो


११ जेष्ठ २०८२, आइतबार  

12
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.१४ अङ्कले घट्दै २६७९.४१ विन्दुमा झरेको छ। आज कुल ३१४ कम्पनीको ७० हजार ६१० पटक कारोबार हुँदा १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ पुगेको छ। सेयर मूल्यको हिसाबले हेर्दा ९९ कम्पनीका सेयर मूल्यमा वृद्धि भए पनि १४८ कम्पनीका सेयर घटेका छन् भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

१३ वटा उपसमूहहरूमध्ये २ उपसमूहबाहेक बाँकी सबैमा गिरावट आएको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने राधी विद्युत् कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखिएको छ।

बजारमा हाल चाप देखिए पनि केही कम्पनीले भने लगानीकर्तालाई आशा देखाएका छन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि