काठमाडौं । लामो वार्तापछि सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच अन्ततः सहमति भएको छ । सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तेस्रो चरणको वार्ताले निर्णायक मोड लिँदै सहमतिमा हस्ताक्षर भएको हो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले पत्रकारहरूसँग कुरा गर्दै भने, “संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगित गर्न पत्राचार…