१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

देशभर बिहानैदेखि बर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना


१२ जेष्ठ २०८२, सोमबार  

87
Shares

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुले मौसमलाई प्रभावित बनाइरहेका छन्।

साथै, बंगालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ।

महाशाखाको अनुसार, झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घन्टामा ५ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै, ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी, सुर्खेतको रातानांग्ला लगायतका स्थानमा पनि छिटपुट वर्षा भएको छ। कैलालीको धनगढीमा पछिल्लो एक घन्टामा ११.६ मिलिमिटर वर्षा मापन गरिएको छ भने, कञ्चनपुरको दोधारामा १०.२ मिलिमिटर र कृष्णपुरमा ८.६ मिलिमिटर वर्षा भएको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसँगै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा वा आंशिक बदली रहनेछ। महाशाखाले दिएको जानकारी अनुसार, यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर