४ असार २०८३, बिहिबार । June 18, 2026

कल्पना रिजालको डाँफे लोकापर्ण


११ जेष्ठ २०८२, आइतबार  

9
Shares

काठमाडौं । प्रगतिशिल साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति डाँफेको लोकापर्ण गरिएको छ ।

पूर्वी दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज काठमाण्डूमा लोकापर्ण गर्नुभएको हो । लोकापर्ण समारोहलाई सम्बोधन गर्नुुहुँदै मन्त्री पन्तले राम्रो लेख्न राम्रो पाठक हुनुपर्ने बताउनुभयो । पढेका र लेखिएका सबै विषय सत्य हुन नसक्ने भन्दै उहाँले प्रत्येक कृतिका फरक फरक विशेषता हुने धारणा व्यक्त गर्नुभयो ।

डाँफे कृतिको समिक्षा गर्नुहुँदै अग्रज साहित्यकार भागिरथी श्रेष्ठले डाँफे उपन्यासको शैली र भाषा उत्कृष्ट रहेको टिप्पणी गर्नुभयो । साहित्यकार कल्पना रिजाल सरल स्वाभाव, असल नेतृत्वकर्ता र निर्भिक व्यक्तित्व भएको जानकारी दिनुहुँदै श्रेष्ठले डाँफे उपन्यास अध्ययन गर्दा लेखक रिजाललाई स्वतन्त्र रुपमा कमल चलाउन सक्ने साहित्यकारको रुपमा भेटेकोे पनि बताउनुभयो ।

उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले डाँफे उपन्यासमा पूर्वी दर्शन, वैराग्य, शान्ति, प्रकृति, राष्ट्रियता लगायतका विभिन्न पक्षहरु समेटिएको हुनाले उत्कृष्ट रहेको बताउनुभयो । विचारको माध्यमबाट जस्तासुकै विवादहरुको समाधान गर्न सकिने हुनाले नेतृत्वमा बस्नेहरुले मुलुकको हितका लागि वार्तामा बस्नुनै पहिलो विकल्प हुने कुरा समेत उपन्यासमा लेखक रिजालले प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो ।

पुस्तकका लेखक कल्पना रिजालले डाँफे उपन्यास नेपालको राष्ट्रिय चरो डाँफे जस्तै विविध रंग र सज्जाले भरिएको बताउनुभयो । उहाँले पुस्तकमा परम्परावादी नेपाली समाजदेखि आधुनिक समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्ष, राष्ट्र, राष्ट्रियता, पूर्विय दर्शन लगायतका विभिन्न पक्षहरु समेटिएको जानकारी दिनुभयो ।

साहित्यकार, राजनीतिज्ञ, कवि, लेखक, शिक्षक, कलाकार लगायतका झण्डै एकसय जनाको सहभागिता रहेको लोकापर्ण समारोहमा प्राज्ञ बाबा बस्नेत, इरादा गौतम लगायतले डाँफे उपन्यासका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा