७ असार २०८२, शनिबार । June 21, 2025

कल्पना रिजालको डाँफे लोकापर्ण



काठमाडौं । प्रगतिशिल साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति डाँफेको लोकापर्ण गरिएको छ ।

पूर्वी दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज काठमाण्डूमा लोकापर्ण गर्नुभएको हो । लोकापर्ण समारोहलाई सम्बोधन गर्नुुहुँदै मन्त्री पन्तले राम्रो लेख्न राम्रो पाठक हुनुपर्ने बताउनुभयो । पढेका र लेखिएका सबै विषय सत्य हुन नसक्ने भन्दै उहाँले प्रत्येक कृतिका फरक फरक विशेषता हुने धारणा व्यक्त गर्नुभयो ।

डाँफे कृतिको समिक्षा गर्नुहुँदै अग्रज साहित्यकार भागिरथी श्रेष्ठले डाँफे उपन्यासको शैली र भाषा उत्कृष्ट रहेको टिप्पणी गर्नुभयो । साहित्यकार कल्पना रिजाल सरल स्वाभाव, असल नेतृत्वकर्ता र निर्भिक व्यक्तित्व भएको जानकारी दिनुहुँदै श्रेष्ठले डाँफे उपन्यास अध्ययन गर्दा लेखक रिजाललाई स्वतन्त्र रुपमा कमल चलाउन सक्ने साहित्यकारको रुपमा भेटेकोे पनि बताउनुभयो ।

उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले डाँफे उपन्यासमा पूर्वी दर्शन, वैराग्य, शान्ति, प्रकृति, राष्ट्रियता लगायतका विभिन्न पक्षहरु समेटिएको हुनाले उत्कृष्ट रहेको बताउनुभयो । विचारको माध्यमबाट जस्तासुकै विवादहरुको समाधान गर्न सकिने हुनाले नेतृत्वमा बस्नेहरुले मुलुकको हितका लागि वार्तामा बस्नुनै पहिलो विकल्प हुने कुरा समेत उपन्यासमा लेखक रिजालले प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो ।

पुस्तकका लेखक कल्पना रिजालले डाँफे उपन्यास नेपालको राष्ट्रिय चरो डाँफे जस्तै विविध रंग र सज्जाले भरिएको बताउनुभयो । उहाँले पुस्तकमा परम्परावादी नेपाली समाजदेखि आधुनिक समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्ष, राष्ट्र, राष्ट्रियता, पूर्विय दर्शन लगायतका विभिन्न पक्षहरु समेटिएको जानकारी दिनुभयो ।

साहित्यकार, राजनीतिज्ञ, कवि, लेखक, शिक्षक, कलाकार लगायतका झण्डै एकसय जनाको सहभागिता रहेको लोकापर्ण समारोहमा प्राज्ञ बाबा बस्नेत, इरादा गौतम लगायतले डाँफे उपन्यासका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली