काठमाडौं । देशभरका सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा व्यक्तिगत प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई व्यावसायिक रूपमा प्रयोग गर्न दिने…