१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

गणतन्त्र दिवसको अवसरमा बुटवलमा चिसो पानी वितरण, सर्वसाधारणलाई राहत


१६ जेष्ठ २०८२, शुक्रबार  

75
Shares

बुटवल । गणतन्त्र दिवस २०८२ को पावन अवसरमा सामाजिक कार्यमा अग्रणी संस्था पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपालिका–९, बसपार्क क्षेत्रमा चिसो पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

गर्मी मौसमको बेला सर्वसाधारणलाई राहत दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, बटुवा, सवारी चालक, सहचालक, ट्राफिक प्रहरी, मजदुर, वृद्धवृद्धा, सडक बालबालिका र यात्रुहरूले लाभ उठाए। संस्थाका सदस्य तथा स्वयंसेवकहरूको सक्रिय सहभागितामा पानी वितरण कार्य व्यवस्थित रूपमा सम्पन्न भएको थियो। कार्यक्रमको सम्पूर्ण खर्च कार्यसमिति सदस्य कृष्ण बन्जाडेले व्यहोरेका थिए भने कार्यक्रमको सञ्चालन शाखा सचिव रुद्र खनालले गर्नुभएको थियो।

यस कार्यक्रममार्फत संस्थाले सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः प्रस्ट पारेको छ। सहभागी लाभग्राहीहरूले यस्तो कार्य प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन्। दीप प्रज्वलन कार्यक्रमद्वारा गणतन्त्रको सम्मान र सामाजिक एकताको सन्देश
त्यसै दिन साँझ बुटवल उपमहानगरपालिका–९, तिनकुने क्षेत्रमा आयोजित दीप प्रज्वलन कार्यक्रमले गणतन्त्र दिवसको गौरवलाई अझ उचो बनाएको छ।

पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक अगुवा, संस्था पदाधिकारी र सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। दीप प्रज्वलन कार्यक्रमको संयोजन कार्यसमिति सदस्य युवराज डुम्रेले गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले गणतन्त्र दिवस केवल उत्सव नभई सामाजिक दायित्व र एकताको प्रतीक भएको विचार व्यक्त गरे। दीप प्रज्वलनमार्फत गणतन्त्रका उपलब्धिहरूलाई स्मरण गर्दै सामाजिक सद्भाव र ऐक्यबद्धताको सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रम शाखा अध्यक्ष गोमा भट्टराईको अध्यक्षतामा र केन्द्रिय महासचिव पारस मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। पहिलो पाइला नेपाल बुटवल शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ, जसले समुदायमा सकारात्मक प्रभाव पारिरहेको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १२ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था