७ असार २०८२, शनिबार । June 21, 2025

डोटीमा जीप दुर्घटनाः एकको मृत्यु, आठ घाइते



डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार, आज बिहान सुपप्र ०१–००१ ज १४६४ नम्बरको जीप बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। सो दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ का ४२ वर्षीय मीन बमको ज्यान गएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामा शैलेश्वरी अस्पताल दिपायल पुर्याइएका बमलाई चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीका अनुसार, दुर्घटनामा परेका जीप चालकसहित अन्य आठ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली