७ असार २०८२, शनिबार । June 21, 2025

आजदेखि सार्वजनिक यातायात व्यवसायीको अनिश्चितकालीन बन्द घोषणा



काठमाडौं । देशभरका सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा व्यक्तिगत प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई व्यावसायिक रूपमा प्रयोग गर्न दिने नियमन ल्याएकोमा विरोध जनाउँदै उक्त नियमावली खारेजको माग गरिएको हो।

राईका अनुसार, यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाएर समस्या समाधानको माग गर्दा समेत सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिने निर्णय लिइएको हो। आइतबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “राइड सेयरिङलाई कानुनी जोगाउने प्रयासले सार्वजनिक यातायातको अस्तित्वमा खतरा उत्पन्न भएको छ। बन्दका कारण पर्न सक्ने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुनेछ।

यात्रु, उपभोक्ता, मजदुर, कर्मचारी सबैले सार्वजनिक यातायात जोगाउन आ-आफ्नो स्थानबाट सहयोग पुर्‍याउन हार्दिक अपिल गर्दछौं।” सार्वजनिक यातायात व्यवसायीहरूले निजी सवारीलाई व्यावसायिक सवारीसरह सञ्चालन गर्न दिनु सार्वजनिक सेवा क्षेत्रमा अन्यायपूर्ण हस्तक्षेप भएको बताएका छन्।

अबको दिनमा यस मुद्दाले सरकार र यातायात व्यवसायीबीच ठूलो बहस निम्त्याउने देखिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली