७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

अर्थमन्त्रीको पत्रकार सम्मेलन साँझ ५ बजे

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन् । आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधी समीक्षा गर्न सत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।