९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

विश्वकप छनोटः नेपाल बहराइनसँग पुनः पराजित



काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे । समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो ।

यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो । नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ ।

नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी