२३ जेष्ठ २०८३, शनिबार । June 7, 2026

विश्वकप छनोटः नेपाल बहराइनसँग पुनः पराजित


१४ चैत्र २०८०, बुधबार  

6
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे । समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो ।

यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो । नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ ।

नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६