१ श्रावण २०८२, बुधबार । July 16, 2025

पाल्पामा एक युवतीको विभत्स हत्या, अनुसन्धानमा कुकुर परिचालन



पाल्पा । पाल्पामा एक युवतीको विभत्स हत्या भएको छ । पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ बर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको हो । मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको जनाएको छ ।

उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। शवलाई अहिले पोष्टमाट्मको लागि जिल्ला अस्पताल तानसेन ल्याएको छ । हत्या भएको अशंका सहित प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको छ भने अनुसन्धानका लागि भैरहवाबाट कुकुर घटनास्थलमा ल्याएर थप अनुसन्धान सुरु भएको छ ।

हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश