१ आश्विन २०८३, बिहिबार । September 17, 2026

पाल्पामा एक युवतीको विभत्स हत्या, अनुसन्धानमा कुकुर परिचालन


१४ चैत्र २०८०, बुधबार  

9
Shares

पाल्पा । पाल्पामा एक युवतीको विभत्स हत्या भएको छ । पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ बर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको हो । मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको जनाएको छ ।

उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। शवलाई अहिले पोष्टमाट्मको लागि जिल्ला अस्पताल तानसेन ल्याएको छ । हत्या भएको अशंका सहित प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको छ भने अनुसन्धानका लागि भैरहवाबाट कुकुर घटनास्थलमा ल्याएर थप अनुसन्धान सुरु भएको छ ।

हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ