९ बैशाख २०८२, मंगलबार । April 22, 2025

आईपीएल क्रिकेटःचेन्नईको लगातार दोस्रो जीत



एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा साबिक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जीत हात पारेको छ ।

मंगलबार राति भएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रनको योगदान दिए ।

त्यस्तै, ऋद्धिमन शाह र डेभिड मिलरले समान २१–२१ रन बनाए ।चेन्नईका लागि दीपक चाहर, मुस्तफिजुर रहमान र तुसार देशपाण्डेले २–२ विकेट लिए भने डेरल मिचेल र माथिसा पथरिनाले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो ।

प्लेयर अफ द म्याच घोषित शिवम दुवेले २३ बलमा ५१ रनको विस्फोटक इनिङ्स खेले । उनले २ चौका र ५ छक्का हिर्काए । यसअघि ओपनरद्वय रुतुराज गायकवाड र रचिन रवीन्द्रले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवै खेलाडीले समान ४६–४६ रन बनाए । त्यसबाहेक डेरल मिचेलले २४ रनको योगदान दिए ।

गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार, सेयर बजारमा ९.९६ अंकको गिरावट आएको छ।

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई